काठमाडौं ।बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका-२ बस्ने इलाम देऊमाई नगरपालिका-२ घर भएका ३६ वर्षीय कृष्ण कुमार राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत इलामबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ बल्खुबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ ।


