काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुन ४ हजार सात सय रुपैयाँले बढेको छ । यस दिन सुन प्रतितोला २ लाख ८३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी १४५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारतोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा ४ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।


