काठमाडौं । लिला देवि सारदाको नाममा रहेको सिद्दार्थ बैंकको २लाख ७२ हजार ७ सय ३७ कित्ता संस्थापक सेयर ब्यक्ति संस्थाको लागि बिक्रिमा आएको छ । बैंकको संस्थापक शेयर बिक्रि गर्न लिलादेवीले विएको निबेदन पश्चात संस्थापक शेयर खरिद गर्ने पहिलो अधिकार बिध्यमान हाल कायम शेयरधनीको हुने कानूनी ब्यबस्था भए बमोजिम बैंकले ३५ दिनको समय दिएर बिध्यमान संस्थापक शेयर धनीलाइ सो शेयर खरिद गर्न इच्छुक भए मा आवेदन माग गरेकोमा सो समयसीमा भित् कुनैपनि संस्थापक शेयर धनीले सो शेयर खरिद गर्न आवेदन नदिए पश्चात अन्य ब्यक्ति संस्थालाई शेयर बिक्रिको लागि बैङ।कले सार्वजनिक सुचना जारी गरेको छ ।
बिक्रिमा रहेको सो शेयर खरिद गर्न चाहने ब्यक्ति संस्थाले ७ दिन भित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय नक्साल स्थित कम्पनी सचिवको कार्यालयमा आफुले खरिग गर्न चाहेको शेयरको ब्यहोरा उल्लेख गरि आबेदन पेश गर्नु पर्नेछ ।


