CLI

मनसुनी गतिबिधि बढ्दो सतर्कता अपनाउन नागरिकलाइ आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार असार १६ र १७ गते मनसुनी गतिविधि बढ्न गई मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको समेत संभावना छ।

यसैगरी देशका पहाडी र तराई भू-भागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा समेत मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको संभावना रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस्तो बेला अकस्मात बाढी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन   र पूर्वतयारी गर्न राष्ट्रिय बिपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनिरोध गरेको छ ।

 प्रधिकरणले जोखिमको अवस्थालाई मध्यनजर गरी अकस्मात बाढी आउनसक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेहरू, पहिरोको जोखिममा रहेका स्थान तथा खोला/नदी किनाराका बस्तीका बासिन्दाहरूले बढी सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यसैगरि प्रधिकरणले डुबान हुने बस्तीका बासिन्दाहरूले उँचो र सुरक्षित स्थानबारे आफूले पनि जानकारी लिने र अरुलाई पनि जानकारी दिने। आवश्यक पर्नासथ सुरक्षित रुपमा सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

प्रधिकरणलेर बितपत न्यनिकरणको लागि तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने पनि अनुरोऊध गरेको छ । यसका साथै जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्न सरकारलाइ अनुरोध गरेको छ । यसका अलावा पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरूले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही अलर्टमा रहन पनि आम नागरिकलाई  अनुरोध गरेको छ

प्रधिकरणले  जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान/पूर्वसूचना/चेतावनी बारे जानकारी लिइरहन र यसको पालना गर्न पनि आग्र गरेको छ ।

 

Leave Your Comment

Related News