CLI

८१०० एमएएच ब्याट्री सहितको भिभो वाई५०० सार्वजनिक

काठमाडौं ।  भिभोले आज नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई५०० सार्वजनिक गरेको छ । आकर्षक नेबुला विन्डो क्यामेरा मोड्युल डिजाईन सहित आएको यो स्मार्टफोन पर्ल वाईट र मिड नाईट ब्लु गरी दुई स्टाइलिस रंगमा उपलब्ध छ । आधुनिक सौन्दर्यशास्त्र र उत्कृष्ट क्राफ्टम्यानशिपको संयोजन रहेको भिभो वाई५००मा स्लिम तथा एर्गोनोमिक डिजाइन प्रयोग गरिएको छ, जसले प्रयोगकर्तालाई सहज ग्रिप र प्रिमियम अनुभव प्रदान गर्छ ।

भिभो वाई५०० को सबैभन्दा ठूलो विशेषता यसको शक्तिशाली ८१०० एमएएच ब्लुभोल्ट ब्याट्री हो, जुन भिभाको अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्री क्षमता हो । यसले यस सेग्मेन्टमा प्रयोगकर्ताले अपेक्षा गर्ने भन्दा धेरै उच्च स्तरको ब्याट्री ब्याकअप प्रदान गर्छ। यो विशाल ब्याट्रीलाई ६ वर्षसम्मको हेल्थ ग्यारेन्टी र ५० महिनासम्मको स्मूथ एक्सप्रेरियन्स सर्टिफिकेसनले थप विश्वसनीय बनाएको छ ।

भिभोको सेल्फ डिभेलप्ड स्पेस स्टाकिङ्ग टेक्नोलोजी तथा म्याजिक क्युब एक्सपान्सन प्याकेजिङ्गको प्रयोगले यति ठूलो ब्याट्रीलाई पनि स्लिम बडीभित्र प्रभावकारी रूपमा समेट्न सम्भव बनाएको छ । यसले प्रयोगकर्तालाई एक पटकको चार्जमा लगातार १० घण्टासम्म गेमिङ गर्ने सुविधा प्रदान गर्छ। चाहे यात्रा होस्, मनोरञ्जन, अध्ययन वा दैनिक कार्य, भिभो वाई५०० ले दिनभर निर्बाध साथ दिने भएकाले ब्याट्री सकिने चिन्ता हटाइदिन्छ ।

भिभो वाई५०० मा फ्ल्यागशिप स्तरको १.५के ईन्फिनीटी एमोलेड डिस्प्ले उपलब्ध छ, जसले एजडिआर १०+ भिजुअल एक्सपेरियन्स, १२० हर्ज रिफ्रेश रेट तथा ५००० निट्स पिक ब्राइटनेसले प्रदान गर्छ। यसका कारण भिडियो हेर्दा, गेम खेल्दा वा अन्य सामग्री उपभोग गर्दा प्रयोगकर्ताले जीवन्त रंग, अत्यन्तै स्मूथ अनुभव तथा उत्कृष्ट दृश्य गुणस्तर प्राप्त गर्छन् । साथै, डुअल स्टेरियो स्पीकरले अझ उत्कृष्ट अडियो–भिजुअल अनुभव सुनिश्चित गर्छ ।

यो स्मार्टफोन सिक्स् एनएम अल्ट्रा स्मूथ प्रोसेसरद्वारा सञ्चालित छ, जसले दैनिक प्रयोग, मल्टिटास्किङ तथा क्याजुअल गेमिङलाई सहज र स्मूथ बनाउँछ । प्रयोगकर्ताले लामो समयसम्म पनि कुनै प्रकारको ल्याग बिना उत्कृष्ट प्रदर्शन अनुभव गर्न सक्छन्।

दिगोपन र विश्वसनीयतालाई प्राथमिकता दिँदै भिभो वाई ५०० मा आईपी६८ तथा आईपी६९ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमता र अन्डरवाटर फोटोग्राफी मोडले प्रयोगकर्तालाई पानीभित्र समेत निर्धक्क रूपमा उत्कृष्ट तस्बिर तथा भिडियो खिच्ने अवसर दिन्छ । फोटोग्राफी अनुभवलाई थप उत्कृष्ट बनाउन भिभो वाई ५०० मा ५० मेगापिक्सेल उल्ट्रा क्लीअर मेन क्यामेरा तथा ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा जडान गरिएको छ, जसले प्रत्येक क्षणलाई उच्च स्पष्टता र उत्कृष्ट विवरणसहित कैद गर्न सक्षम बनाउँछ ।

आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री, सहज प्रदर्शन र दीर्घकालीन विश्वसनीयता खोज्ने उपभोक्ताका लागि भिभो वाई ५०० मा एक उत्कृष्ट विकल्प बनेर आएको छ । मनोरञ्जन, सामाजिक सञ्जाल, अध्ययन वा उत्पादकता—हरेक आवश्यकतामा सहज रूपमा अनुकूल हुने यो स्मार्टफोनको ८+१२८ भेरियन्टको नेपाली बजार मूल्य रु. ५४,९९९ तोकिएको छ भने ८+२५६ भेरियन्टको मूल्य रु. ६१,९९९ निर्धारण गरिएको छ । यो स्मार्टफोन देशभरका आधिकारिक रिटेल स्टोरहरू तथा दराज अनलाईन मार्फत खरिद गर्न सकिनेछ ।

 

Leave Your Comment

Related News