RE
Global College

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि १५ हजार २७ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकले संस्थापक सेयरधनी इन्द्र प्रसाद शेरचनले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेको छ । उक्त सेयर खरिद गरी लिन ईच्छुक हाल कायम संस्थापक सेयरधनीहरुलाई नेपाल राष्ट्र बैंक एकिकृत निर्देशन नं. १०/२०८२ को बुँदा १५ (ख) मा रहेकोले संस्थापक सेयरधनीहरुको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।

यदि कुनै संस्थापक सेयरधनी महानुभावलाई उक्त संस्थापक सेयर खरिद गरी लिन ईच्छा भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी यस बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कती कित्ता सेयर खरिद गर्न चाहेको हो त्यसको व्यहोरा खुलाई निवेदन दिनु पर्नेछ ।

NECO

Leave Your Comment

Related News