CLI

४५ सयले घट्यो सुन,चाँदीमा पनि गिरावट

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सुन प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेको छ । यस दिन सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोलामा २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ । चाँदी तोलामा ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।भने सोमबार चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

Leave Your Comment

Related News