काठमाडौं ।फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणमा मंगलबार आइभोरी कोस्ट र नर्वेबीचको खेल हुने भएको छ। आज राति १०ः४५ बजे डलास रंगशालामा दुई टोली बीच आमने सामने हुनेछ।
त्यसपछि बुधबार बिहान २ः४५ बजे न्युयोर्क–न्यु जर्सी रंगशालामा फ्रान्स र स्विडेनको खेल हुनेछ। यस्तै, बुधबार बिहान ६ः४५ बजे मेक्सिको सिटी रंगशालामा आयोजक मेक्सिको र इक्वेडरको खेल हुने भएको छ ।


