CLI

उद्योगमन्त्री यादवको गाडीको कालो सिसा हटाइयो

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सरकारी गाडीमा लगाइएको कालो सिसा हटाइएको छ।

सबै विशिष्ट व्यक्ति (भीआईपी) ले प्रयोग गर्ने सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउन गृहमन्त्री गुरुङले निर्देशन दिएपछि मन्त्रालयका कर्मचारीले मन्त्री यादवको गाडीको कालो सिसा हटाएका हुन्।

सरकारले भीआईपी सवारीसाधनमा कालो सिसाको प्रयोग हटाउने अभियानलाई अघि बढाएको जनाएको छ। त्यसअनुसार सम्बन्धित निकायले मन्त्री तथा उच्चपदस्थ अधिकारीहरूले प्रयोग गर्ने सवारीसाधनबाट कालो सिसा हटाउने कार्य सुरु गरेका छन्।

Leave Your Comment

Related News