CLI

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच  सम्झौता       

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज दरबारमार्ग, काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई सिनेमाको टिकेट खरिदमा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जय नेपाल सिनेमाज हलमा मुभी टिकेट खरिदमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

Leave Your Comment

Related News