काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला छ सय रुपैयाँले घटेको छ। यस दिन सुन प्रतितोला २ लाख ७७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ७७ हजार नौं सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चावदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।


