CLI

रास्वपा पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछाने ले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्।

रास्वपाको पहिलो महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। सभापतिमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै, उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य तथा सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका छन्।

पार्टी विधानअनुसार रास्वपामा वरिष्ठ नेतासहित ११ जना पदाधिकारी मनोनीत हुने व्यवस्था रहेको छ। साथै, सभापति रवि लामिछानेले थप ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्नेछन्।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गते चितवनबाट सुरु भई ६ दिनसम्म सञ्चालन भएको थियो। महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार औपचारिक रूपमा शपथ ग्रहण गरेका हुन्। सभापति रवि लामिछानेले भने महाधिवेशन स्थलमै यसअघि नै पद तथा गोपनीयताको शपथ लिएका थिए।

Leave Your Comment

Related News