RE
Global College

गण्डकी प्रदेशमा राइड शेयरिङ कम्पनीलाई दर्ताका लागि आग्रह

काठमाडौं । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले राइड सेयरिङ सेवा प्रदायक संस्था तथा कम्पनीहरुलाई दर्ताका लागि  निर्देशन दिएको छ।

 ‘गण्डकी प्रदेशभित्र हाल दर्ता तथा इजाजतपत्र नलिई राइड सेयरिङ सेवा सञ्चालन गरिरहेका सेवा प्रदायक संस्था, कम्पनी, व्यक्ति तथा प्लेटफर्महरूलाई यो सूचना प्रकाशित भएको मितिले तीस (३०) दिनभित्र सम्बन्धित कार्यालयमा आवश्यक कागजातसहित दर्ता प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ।’

यो सूचना प्रकाशित भएको मितिले (३०) दिनभित्र सम्बन्धित कार्यालयमा आवश्यक कागजातसहित दर्ता प्रक्रिया पूरा नगरेमा नियमावली, २०५२ को नियम (३) तथा अन्य प्रचलित कानुन बमोजिम दण्ड जरिबाना गरिने सूचनामा जनाइएको छ।

NECO

Leave Your Comment

Related News