CLI

म्युचुअल फन्डको नाफा २२.४७ प्रतिशतले बढ्दा अधिकांश फन्डको ‘न्याभ’ मा पनि सुधार

काठमाडौं । सञ्चालनमा रहेका ५७ वटा म्युचुअल फन्डहरु (खुला र बन्दमुखी) ले जेठ महिनामा समग्रमा १ अर्ब १५ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका छन् । वैशाखमा फन्डहरुको नाफा ९४ करोड १६ लाख रुपैयाँ रहेको थियो। यस आधारमा जेठमा नाफा २२.४७ प्रतिशतले वृद्धि भएको देखिन्छ।

जसमध्ये, सबैभन्दा धेरै नाफा कमाउने फन्ड प्रभु स्मार्ट फन्ड बनेको छ । यसले २२ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । सबै भन्दा बढि नाफ कमाएपनि गत महिना बैशलख को तुलनमा नाफा २ प्रतिशतले घटेको छ ।  गत महिना नाफा २३ करोड १ लाख ८७ हजार रुपैयाँ नाफा कमएको थियो ।  त्यस्तै, कुमारी धनवृद्धि योजनाले २२ करोड २ लाख रुपैयाँ । यस म्युचुअल फन्डहरुको पनि नाफा गत महिनाको तुलनमा ४.३१ प्रतिशतले घटेको छ ।

प्रभु सेलेक्ट फन्डले १७ करोड ५ लाख रुपैयाँ तथा कुमारी इक्विटी फन्डले १६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ ।

यता, ५७ मध्ये १७ वटा फन्ड भने घाटामा रहेका । एचएलआई लार्ज क्याप सबैभन्दा बढी घाटामा रहेको फन्ड बनेको छ । यस फन्डले जेठ महिनामा ५२ करोड ११ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। त्यस्तै, एनआईबीएल सहभागिता फन्डले २६ करोड १० लाख रुपैयाँ घाटा व्यहोरेको छ।

 फन्डहरूको न्याभमा सुधार

म्युचुअल फन्डहरूको न्याभमा पनि सुधार आएको छ  ।  जेठ महिनामा १९ वटा फन्ड बाहेक सबैको न्याभमा वृद्धि भएको देखिन्छ।

यो न्याभ वृद्धिले म्युचुअल फन्डहरूको स्थायित्व र समग्र प्रदर्शनमा भएको सुधारलाई स्पष्ट पार्छ। औसतमा न्याभ ०.०२ रुपैयाँले वृद्धि भएको छ भने हालको औसत न्याभ १०.७४ रुपैयाँ पुगेको छ।गत महिना १०.७२ थियो ।

सबै भन्दा धेरै प्रभु स्मार्ट फन्ड रहेको छ ।  सो म्युजुअल फन्डको न्याभ १४.७७ रुपैयाँ रहेको छ  । गत महिना न्याभ १४.८४ रुपैयाँ थियो ।

 

 

Leave Your Comment

Related News