RE
Global College

पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गर्न माग

काठमाडौं । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्प तथा संलग्न पक्षमाथि तत्काल छानबिन गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै देशका विभिन्न स्थानका पेट्रोल पम्पहरूले ‘पेट्रोल–डिजेल छैन’ भन्दै बिक्री वितरण बन्द गरेको सूचना आएको उल्लेख गरे।

‘मूल्य बढ्दा भार बोक्ने जनताले मूल्य घट्दा राहत किन नपाउने ?’ भन्दै सांसद रोकायाले मूल्य घटेपछि कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य हुन नसक्ने बताए। उनले यस्ता गतिविधिमा संलग्नमाथि सरकारले तत्काल छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग गरे।

त्यस्तै, पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा सार्वजनिक यातायात तथा हवाई सेवाको भाडा पनि तत्काल पुनरावलोकन गरी उपभोक्तालाई राहत दिन सरकारसँग उनले आग्रह गरे।

NECO

Leave Your Comment

Related News