CLI

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा दफावार छलफल सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्।

उक्त विधेयक प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्णयार्थ सभामा प्रस्तुत गरेकी थिइन्।

विधेयकमाथिको दफावार छलफलमा सांसदहरू आशिष गजुरेल, वासना थापा, ऐनबहादुर महर र अरविन्द शाहले भाग लिएका थिए। छलफलपछि विधेयक बहुमतले पारित भएको हो।

सरकारले यसअघि अध्यादेशमार्फत सार्वजनिक खरिदसम्बन्धी कानुन संशोधन गरेको थियो। सोही अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता गरेको थियो। प्रतिनिधिसभाबाट पारित भएसँगै विधेयक अब राष्ट्रियसभामा छलफल तथा पारित प्रक्रियाका लागि जानेछ।

Leave Your Comment

Related News