CLI

७२०० ले बढ्यो सुनको मुल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन एकैदिन तोलामा ७ हजार २०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन तोलामा २ लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको थियो ।

यता, चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले बढेर प्रतितोला ४  हजार ६१५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Leave Your Comment

Related News