काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ १६) अन्तर्गत दुईवटा खेलहरू हुँदैछन्। आजको पहिलो खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल र नर्वे आमनेसामने हुँदैछन्। नेपाली समय अनुसार भोलि बिहान १:४५ बजे सुरु हुने यो खेल अमेरिकाको प्रख्यात न्यू योर्क न्यू जर्सी रंगशाला मा खेलाइनेछ, जुन यसै विश्वकपको फाइनल खेल आयोजना हुने मुख्य मैदान समेत हो।
आजै हुने दोस्रो खेलमा सह-आयोजक मेक्सिकोले इङ्गल्याण्डको सामना गर्दैछ। नेपाली समय अनुसार भोलि बिहान ५:४५ बजे सुरु हुने यो खेल मेक्सिको सिटी रंगशाला मा आयोजना हुनेछ।


