RE
Global College

राष्ट्रियसभामा ९ वटा मन्त्रालयको जवाफ

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ मन्त्रालयका सम्बन्धित मन्त्रीले छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

आजको कार्यसूचीमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सम्बन्धित मन्त्रीले जवाफ दिने तालिका छ ।

शून्य समयमा सदस्यहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

NECO

Leave Your Comment

Related News