CLI

११ महिनामा ६७ अर्ब ८१ करोडको इन्धन आयात, वैशाख र जेठमा उच्च माग

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउनदेखि जेठ मसान्तसम्म) मा नेपालको इन्धन आयात निरन्तर बढेर कुल ६ लाख ८५ हजार १२७ किलोलिटर पुगेको छ, जसबाट सरकारले ३७ अर्ब ६० करोड ४२ लाख  रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

भन्सार विभागको  तथ्याङ्क अनुसार साउन महिनामा ६७ हजार ७२४ किलोलिटर इन्धन आयात भएकोमा असोज र कात्तिकका चाडपर्वहरुमा माग बढेर क्रमशः १ लाख ९३ हजार ६०८ र २ लाख ५८ हजार ३६३ किलोलिटर पुगेको यो क्रम लगातार उकालो लाग्दै जेठ मसान्तसम्म कुल ६८ अर्ब १७ करोड ८७ लाख  रुपैयाँ खरिद मूल्य बराबरको इन्धन आयात भएको देखिन्छ।

यस वर्ष नेपालले इन्धन खरिदका लागि ठूलो आर्थिक दबाब र मूल्यवृद्धिका मार खेप्नुपर्‍यो, जसको मुख्य कारण मध्यपूर्वमा  युद्ध र त्यसले विश्वव्यापी तेल बजारमा ल्याएको अभूतपूर्व उथलपुथल हो।

युद्धका कारण विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने होर्मुज जलडमरुमार्गमा आपूर्ति अवरोध आउँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएको थियो, जसको प्रत्यक्ष मार नेपाल जस्तो पूर्ण रूपमा आयातमा निर्भर देशलाई पर्यो।

अन्तर्राष्ट्रिय बजारको दबाबका कारण नेपाल आयल निगमले बाध्य भएर देशभित्र इन्धनको मूल्य अत्यधिक बढाउँदा पेट्रोल र डिजेलको मूल्य ऐतिहासिक उच्च बिन्दुमा पुगेर ढुवानी र सार्वजनिक यातायातको लागत बढेको थियो।

यद्यपि, हालै युद्धरत पक्षहरूबीच भएको युद्धविराम र विश्वव्यापी आपूर्तिमा आएको केही सुधारसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेपछि नेपाल आयल निगमले भर्खरै जुलाई २०२६ देखि लागू हुने गरी इन्धनको मूल्यमा केही कटौती गर्दै उपभोक्तालाई राहत दिएको छ।

चालु आवको कुन महिनामा कति मूल्यको इन्धन आयात भयो

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात, साउनमा मात्रै ५ अर्ब  ७७ करोड १४ लाख रुपैयाँको इन्धन आयात गरिएको थियो ।  भदौ महिनामा ४ अर्ब ८१ करोड २२ लाख  ३९ हजार रुपैयाँको  इन्द  आयात गरिएको थियो ।  असोज महिनामा ६ अर्ब १८ करोड ५० लाख   । कात्तिकमा विदेशबाट कूल ५ अर्ब ६०  करोड ४० लाख रुपैयाँ बराबरको  इन्धन आयात  गरिएको थियो ।

त्यस्तै, मंसिर महिनामा ४ अर्ब  ९५  करोड , पुसमा ५ अर्ब ७४ करोड १९ लाख  रुपैयाँ, माघमा ५ अर्ब ६ करोड, फागुनमा ५ अर्ब ७५ करोड ८७ लाख ,चैत ६ अर्ब  ४९ करोड ८५ लाख , बैशाखमा ८ अर्ब २४  करोड आयत भएको छ ।‍ जेठमा ९ अर्ब ५३ करोड ८८ लाख रुपेयाँको इन्धन आयात भयोको छ ।

 

Leave Your Comment

Related News