CLI

ब्याजदर सीमाभित्र राख्न सफल : मौद्रिक नीति समिक्षा (पूर्ण पाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर सीमाभित्र राख्न सफल भएको जनाएको छ । मंगलबार आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा जनाएको हो ।

मौद्रिक नीति समिक्षामार्फत् राष्ट्र बैंकले  ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमा बीचको दूरी क्रमशः घटाउँदै नीतिगत दरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले ब्याजदर करिडोरलाई थप साँघुरो बनाउँदै लगिएको जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत्   ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता
सुविधाको ब्याजदर ६.० प्रतिशत, तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधाको ब्याजदर २.७५  प्रतिशत तथा नीतिगत दर ४.५० प्रतिशत निर्धारण गरिएकोमा पहिलो समीक्षामार्फत्  माथिल्लो सीमा र नीतिगत दरलाई क्रमशः ५.७५ प्रतिशत र ४.२५ प्रतिशत कायम गरिएको थियो। सञ्चालन लक्ष्यको रूपमा भारित औसत अन्तरबैंक दरलाई नीतिगत दरको हाराहारीमा कायम गर्ने लक्ष्य तय गरिएको थियो। २०८३ बैशाखमा भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत रहेको हो  ।

मौद्रिक नीतिको व्यवस्थाअनुसार तरलता व्यवस्थापनका लागि नियममा आधारित खुला बजार कारोबार
सञ्चालन गरिएको छ । नियमित मौद्रिक उपकरणका अतिरिक्त बैंकिङ प्रणालीमा रहेको संरचनागत प्रकृतिको
तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन गरिएको जनाएको छ ।

मौद्रिक नीति समिक्षा अनुसार  आर्थिक वर्ष २०८२/८३ को दस महिनासम्ममा ४ दिनदेखि १७५ दिनसम्मको निक्षेप सङ्कलन बोलकबोलमार्फत ७१ पटक, स्थायी निक्षेप सुविधामार्फत ११७ पटक तथा १ वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत  जम्मा ९ पटक तरलता प्रशोचन गरिएको छ । २०८३ वैशाखमा निक्षेप सङ्कलन बोलकबोलमार्फत, स्थायी निक्षेप सुविधामार्फत र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत गरिएको तरलता प्रशोचनको बक्यौता रकम क्रमशः रु. ७१६ अर्ब ७० करोड, रु. १११ अर्ब ९० करोड र रु. २०० अर्ब रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को दस महिनासम्ममा विदेशी विनिमय बजारबाट अमेरिकी डलर खुद खरिदमार्फत
रु.९४६ अर्ब २६ करोड तरलता प्रवाह भएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता रहेका कारण अल्पकालीन ब्याजदरहरू ब्याजदर करिडोरको तल्लो सीमाकै
हाराहारीमा रहेका छन्। २०८३ बैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दर २.७५
प्रतिशत तथा ९१–दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदर २.६३ प्रतिशत कायम भएको छ ।

मौद्रिक नीति समिक्षामार्फत् राष्ट्र बैंकका अनुसार अल्पकालीन ब्याजदरहरू न्यून रहेको तथा अधिक तरलताको स्थिति रहिरहेका कारण निक्षेप र कर्जाको ब्याजदरहरू थप घट्दै गएको स्थिति छ ।

२०८३ बैशाखमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूको निक्षेपको औसत ब्याजदर क्रमशः ३.३५ प्रतिशत, ३.७० प्रतिशत र ४.५९ प्रतिशत रहेकोछ । यस अवधिमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूको कर्जाको भारित औसत ब्याजदर क्रमशः ६.७३ प्रतिशत, ७.८७ प्रतिशत र ९.१४ प्रतिशत रहेकोछ ।

Leave Your Comment

Related News