CLI

निजी आवासीय घर कर्जाको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी आवासीय घर निर्माण तथा खरिदका लागि प्रवाह गरिने कर्जाको अधिकतम सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ कायम गरेको छ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएका हो ।

यसअघि आफ्नै घर निर्माण वा खरिद गर्ने ऋणीका लागि कर्जा–मूल्य अनुपात (Loan to Value Ratio) अधिकतम ८० प्रतिशत सम्म कायम गर्न सकिनेछ। यस्तै, दोस्रो वा सोभन्दा बढी घर निर्माण तथा खरिदका लागि भने यस्तो अनुपात अधिकतम ७० प्रतिशत सम्म रहने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार आवास क्षेत्रमा कर्जाको पहुँच विस्तार गर्दै वास्तविक घर खरिदकर्ता तथा निर्माणकर्तालाई सहजीकरण गर्ने उद्देश्यले कर्जाको सीमा वृद्धि गरिएको हो। यस व्यवस्थाबाट विशेषगरी पहिलोपटक घर निर्माण वा खरिद गर्ने सेवाग्राहीलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News