काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज (बुधवार) निजीक्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहान ११ बजे हुने छलफलमा प्रमुख व्यावसायिक संस्थाका पदाधिकारीहरू सहभागी हुनेछन् ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।
नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आफूहरूलाई प्रधानमन्त्री कार्यालयबाट छलफलका लागि बोलाइएको जानकारी दिएका छन् ।
बजेट र मौद्रिक नीति सार्वजनिक भएपछि प्रधानमन्त्रीले पहिलोपटक निजीक्षेत्रसँग औपचारिक संवाद गर्न लागेका हुन् ।
यसअघि उद्योगी–व्यवसायीहरूले सरकारसँग, विशेषगरी प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफलको अवसर नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।


