CLI

गोविन्द बहादुर कार्की मुख्यसचिव नियुक्त, असार २६ देखि कार्यभार सम्हाल्ने

काठमाडौं । सरकारले गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको नयाँ मुख्यसचिव नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कार्कीले वर्तमान मुख्यसचिव सुमनराज अर्यालको अनिवार्य अवकाशपछि जिम्मेवारी सम्हाल्नेछन्। अर्याल असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन्।

सरकारले प्रशासनिक नेतृत्वमा निरन्तरता कायम राख्ने उद्देश्यले अवकाशअघि नै नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। कार्कीले असार २६ गतेदेखि नेपाल सरकारको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।

Leave Your Comment

Related News