RE
Global College

२ दिन राहदानी सेवा बन्द हुने

काठमाडौं । आगामी असार २५ र २६ गते दुई दिनका राहदानी सेवा बन्द हुने भएको छ ।

राहदानी बिभागले आज एक सुचना जारि गरेर भोलि र पर्सि राहदानी सेवा बन्द गर्न लागेको जानकारी दिएको हो । विभागले हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागेकाले दुई दिन सेवा स्थगन गर्नुपरेको जनाएको छ। यसअघि विभागले यही असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका लागि सेवा बन्द हुने जानकारी गराएको थियो।

बिभागले तयार भएका राहदानी वितरण भने सुचारु रहने नयाँ प्रणालीमा जाने प्रक्रियाका कारण राहदानी सम्बन्धी अन्य सेवाहरू बन्द भए तापनि विभागमा तयारी अवस्थामा रहेका राहदानी वितरण कार्य भने खुल्ला रहने विभागले स्पष्ट पारेको छ।

आफ्नो मोबाइलमा राहदानी संकलनका लागि तयारी भएको सन्देश प्राप्त गरिसकेका सेवाग्राहीहरूले विभागमा सम्पर्क गरी आफ्नो राहदानी लिन सक्ने सूचनामा उल्लेख छ ।

 

NECO

Leave Your Comment

Related News