काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ छोडेको छ । एमालेका महासचिव शंकर पोखरेलले आज एक बिज्ञप्ती जारी गरेर सो कुराको जाकारी दिएका हुन् । उनका अनुसार कार्यदलमा एमालेले पठाएका प्रतिनिधि डा. भीष्म अधिकारीलाई फिर्ता बोलाइएको हो।
हिजो मात्र सो कार्यदलमा रहेका चार दलले पनि सो कार्यदलमा आफ्नो प्रतिनिधि फिर्ता बोलाएका छन। नेपाली कम्युनिष्ट पार्टी, लोसपा लगायतका पार्टीले हिजो बिज्ञप्ती मार्फत सो कार्यदल छोडेको जानकारी दिएका थिए ।
एमालेले कार्यदलको कार्यशैली र सरकारको नियतमाथि गम्भीर प्रश्न उठाउँदै उक्त समितिमा नरहने बताएको छ । एमाले ले सो कार्यदलका संयोजकलाइ लिखित पत्र पठाएर सो समितिमा एमालेको सहभागिता नरहने जानकारी दिएको हो । एमालेले कार्यदललाइ पठाएको पत्रमा कार्यदलको कामकारबाही सुरुदेखि नै शङ्कास्पद प्रकृतिको रहेको एमालेको बताएको छ साथै यो कार्यदलसँग एजेण्डाको स्पस्टता पनि नभएको बताएको साथै एमालेले सरकारको दृष्टीकोणमा पनि अन्योल रहेको बताएको छ ।
यसका सथ एमाले कार्यदले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा सिर्जना गर्न खोजेको आरोप लगाएको छ । उसले कार्यदको तर्फबा बहसमा ल्याइएका कतिपय बिषय सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा देखिएको बताएको छ । पत्रमा भनिएको छ, “वर्तमान संविधानका आधारभूत विषयहरूलाई अझ सुदृढ बनाउने र विगतमा देखिएका नकारात्मक अभ्यास र कमिकमजोरीलाई सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्ने कुरामा एमाले सदैव दृढ रहेकोमा त्यसविपरीत विषयहरू नै खल्बल्याउने उद्देश्य राखेर कार्यदल सहभागी रहेको तत् समयदेखि अनुपस्थित रहँदै आएको छ।”
एमालेले संविधान शंसोधनको लागि विषय र प्रस्तावहरूमा सरकारका तर्फबाट आजसम्म कुनै स्पष्ट जवाफ नआएकाले औपचारिक रूपमै पार्टी प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णय गरिएको महासचिव पोखरेलले पत्रमार्फत जानकारी दिएका हुन् ।


