CLI

राहदानी विभागका सेवा दुई दिन बन्द हुने, राहादानी वितरण खुला नै रहने

काठमाडौं । राहदानी विभागले हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान भएको छ ।उक्त नयाँ प्रणालीमा लैजानको लागि विभागले असार २५ र २६ गते राहदानी सम्वन्धी सेवाहरु बन्द हुने जनाएको छ ।

राहदानी सम्बन्धी अन्य सेवाहरु बन्द भएतापनि विभागमा तयार रहेका राहदानीहरू वितरण भने नरोकिने बताइएको छ ।

विभागमा तयार रहेका राहदानीहरू वितरण हुने भएकाले आफ्नो मोबाइलमा राहदानी संकलनका लागि सेन्देश (एसएमएस) प्राप्त गर्नुभएका सेवाग्राहीहरूले विभागमा सम्पर्क गरी राहदानी संकलन गर्न सक्ने जनाएको छ ।

 

 

Leave Your Comment

Related News