CLI

जडीबुटीबाट ३२ बिचौलिया पक्राउ

फाईल तस्बिर

काठमाडौं । काठमाडौंको जडीबुटी क्षेत्रबाट ३२ बिचौलिया पक्राउ पक्राउ गरिएको छ ।

काठमाडौंको जडीबुटी क्षेत्रमा सार्वजनिक सवारी साधनका यात्रुलाई हैरानी गरेको आरोपमा प्रहरीले ३२ जना बिचौलियालाई पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार बिहीबार बिहान जडीबुटी क्षेत्रमा विशेष अभियान सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार जडीबुटीस्थित अरनिको यातायातको बसपार्कबाट रामेछाप, दोलखा र सिन्धुपाल्चोकतर्फ बस सञ्चालन हुने तथा त्यही क्षेत्रबाट तराई र पूर्वी जिल्लातर्फ जाने साना सवारी साधन पनि छुट्ने गर्छन्। यही अवस्थाको फाइदा उठाउँदै बिचौलियाहरूले यात्रुलाई जबर्जस्ती गाडीमा चढाउन खोज्ने, सिट मिलाइदिने बहानामा झोला तान्ने तथा विशेषगरी महिला यात्रुको हात समातेर अशोभनीय व्यवहार गर्ने गरेको गुनासो आएपछि कारबाही गरिएको प्रहरीले जनाएको छ।

यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौंको बल्खु क्षेत्रबाट पनि १७ जना बिचौलियालाई पक्राउ गरेको थियो। उनीहरूमाथिको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave Your Comment

Related News