CLI

प्रधानमन्त्री बालेनले ऊर्जा उद्यमीलाई सिंहदरबार बोलाए, ऊर्जा क्षेत्रका समस्या छलफल गर्न

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्न आज शुक्रबार सिंहदरबारमा बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने बैठकमा ऊर्जा क्षेत्रका विद्यमान समस्या, लगानी वातावरण, आयोजना कार्यान्वयन तथा समाधानका उपायबारे छलफल हुने जनाइएको छ।

ऊर्जा क्षेत्रका एक व्यवसायीका अनुसार प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूको धारणा सुन्न र क्षेत्रका समस्या समाधानका विषयमा छलफल गर्नका लागि बैठक आयोजना गरेका हुन्।

केही दिनयता प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरूसँग निरन्तर भेटवार्ता गर्दै उनीहरूका समस्या, लगानीका चुनौती तथा सुधारका आवश्यकताबारे सुझाव लिइरहेका छन्। सोही क्रममा आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल हुन लागेको हो।

Leave Your Comment

Related News