RE
Global College

राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको निधन भएको छ।

वीर अस्पतालमा उपचाररत उनको आज (शुक्रबार) बिहान साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनएकाो छ।

राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका नेपालीलाई बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उनको शरीर ५५ प्रतिशत जलेको थियो।

NECO

Leave Your Comment

Related News