RE
Global College

प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षी दलको विरोध

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।

शुक्रबार सिंहदरबारस्थित संघीय संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।

विपक्षी सांसदहरूको विरोधपछि सभामुख अर्यालले नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापालाई आफ्नो धारणा राख्न समय दिएका छन्।

विपक्षी दलहरूले विरोधको कारणबारे बैठकमा धारणा राखिरहेका छन् भने प्रतिनिधि सभा बैठक जारी छ।

NECO

Leave Your Comment

Related News