CLI

सामान्य अंक घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । शुक्रबार नेप्से परिसूचक १.१६ अंकले घटेर २६००.७८ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन, ३६७ वटा कम्पनीको १ करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँ पुगेको छ । जुन विहिबारको तुलनामा २ अर्ब २४ करोड ८८ लाख रुपैयाँले कम हो । विहिबार कारोबार रकम  ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँ थियो।

त्यसतै,  सेन्सेटिभ इन्डेक्स ०.५८ अंकले घटेर ४५३.६० विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.०८ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१२ अंकले घटेको छ ।

१३ उप समूह मध्ये यस दिन ७ उपसमूह घटेको छ भने ४ उप समहू बढेको छ  । बैंक समूह ०.१७ प्रतिशत, विकास बैंक ०.३९, वित्ता ०.२९,  होटेल र पर्यटन ०.३७ , जलविद्युत ०.२७, जीवन बिमा ०.०९, र अन्य समूह ०.२३ प्रतिशतले घटेका छन। लगानी०.१४, उत्पादन र प्रशोधन ०.२५, लघुवित्त ०.१३, म्युचुअल फन्ड ०.६४, निर्जीवन बिमा ०.०४, र व्यापार ०.९२ प्रतिशत  बढेका छन।

यस दिन रकमका आधारमा सर्वाधिक कारोबार भएका पहिलो १० स्टकहरुको सूचीमा ९ ऋणपत्र रहेका छन्। यस दिन करिब ९० करोड रुपैयाँबराबरको ८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चर २०८७ कारोबार भएको छ भने करिब ७० करोड रुपैयाँबराबरको ८.५ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८३ कारोबार  भएको छ। त्यस्तै, २८ करोड ५९ लाख रुपैयाँभन्दा बढीको ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ कारोबार भएको छ।

या दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १०.६६ प्रतिशत बढेको छ। त्यसैगरी, कुमारी इक्विटी फण्डको इकाईमूल्य ९ प्रतिशत बढेको छ भने कालंगा हाइड्रोको सेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।

Leave Your Comment

Related News