काठमाडौं । चालु आर्थिक वर्षमा देशभर १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १ खर्ब ७ करोड थियो। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा देशभरको घरजग्गा कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्ष यही अवधिमा कारोबार संख्या ४.५२ प्रतिशतले घटेको थियो । त्यस्तै, लिखतपारित अन्तर्गतको कारोबार संख्या ०.६२ प्रतिशतले बढेको छ भने राजीनामा कारोबार १२.१७ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको तेस्रो त्रैमासमा राजीनामा कारोबार ३.२६ प्रतिशतले घटेको थियो ।
देशका ६ वटा महानगरपालिकाहरुमा जग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ महानगरमा कुल ६ हजार ९०३ वटा जग्गाको लिखत पारित भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ४ हजार ५८५ कारोबारको ।
क्षेत्रफलका आधारमा चालू आवमा २.५ देखि १० आनासम्मका ४ हजार ७३६ वटा गत आवमा ३ हजार ४७ वटा कारोबार भएको थियो, २.५ आनासम्मका १ हजार ११२ वटा गत आवमा ६४८वटा कारोबार भएको थियो , १० देखि २० आनासम्मका ६१६ वटा, गत आवमा ५१२ र २० आनाभन्दा मातिका ४८९ वटा, गत आवमा ३५९ जग्गाको कारोबार भएको छ।
६ महानगरमध्ये पोखरामा सबैभन्दा धेरै २ हजार १५३ वटा लिखत पारित भएको छ, जसमा २.५ देखि १० आनाका १ हजार ५४६, २.५ आनासम्मका ३५८, १० देखि २० आनाका १५४ र २० आनाभन्दा माथिका ९४ वटा कारोबार सामेल छन्। भरतपुरमा कुल १ हजार ९६४ वटा जग्गाको लिखत पारित भएको छ, जसमा २.५ देखि १० आनाका १ हजार ३९६, २.५ आनासम्मका १५५, १० देखि २० आनाका २४८ र २० आनाभन्दा माथिका १६५ वटा कारोबार भएका छन्।
यसैगरी वीरगञ्ज महानगरपालिकामा चालू आवमा ९८३ वटा जग्गाको कारोबार भएको छ, जसमा २.५ देखि १० आनाका ६००, २.५ आनासम्मका १९९, १० देखि २० पानाका ६१ र २० आनाभन्दा माथिका १२३ वटा कारोबार छन्; जबकी गत वर्ष यहाँ कुल ७५० कारोबार भएकोमा २.५ देखि १० आनाका ४१०, २.५ आनासम्मका १३७, १० देखि २० आनाका ७० र २० आनाभन्दा माथिका १२३ वटा थिए।
विराटनगरमा कुल ७२४ वटा जग्गाको कारोबार भएको छ, जसमा २.५ देखि १० आनाका ४९७, २.५ आनासम्मका ८७, १० देखि २० पानाका ९६ र २० आनाभन्दा माथिका ४४ वटा कारोबार रहेका छन्।
काठमाडौं महानगरपालिकामा ५६९ वटा जग्गाको कारोबार भएको छ, जुन गत आवको तुलनामा तुलनामा १०८.४ प्रतिशतको वृद्धि हो गत आव २९४ कारोबार भएको थियो ,यहाँ चालू आवमा २.५ देखि १० आनाका ३५८, २.५ आनासम्मका १७७, १० देखि २० आनाका २७ र २० आनाभन्दा माथिका ७ वटा लिखत पारित भएका छन्।
ललितपुर महानगरपालिकामा भने कुल ५११ वटा जग्गाको कारोबार भएको छ, जसमा २.५ देखि १० आनाका ३३९, २.५ आनासम्मका १३६, १० देखि २० आनाका ३० र २० पानाभन्दा माथिका ६ वटा कारोबार भएका छन्।


