CLI

हिमालयन लाइफको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा मात्रिका भट्टराई नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले भट्टराईलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षकको हुने कम्पनीले जनाएको छ।

यसैबीच सोही बैठकले थानेश्वर गौतमको स्वतन्त्र सञ्चालकबाट राजीनामा स्वीकृत गरेको छ। गौतमले असार २२ गते पत्रमार्फत स्वतन्त्र सञ्चालकबाट राजीनामा दिएका थिए।

Leave Your Comment

Related News