CLI

३०.६० अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । सोमबार नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन, ३६८ वटा कम्पनीको ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर कारोबार हुँदा ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ पुगेको छ । जुन शुक्रबारको तुलनामा ६० करोड ७७ लाख रुपैयाँले बढीहो   । शुक्रबार कारोबार ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँ थियो।

त्यसतै,  सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले घटेर ४५०.५५ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.९५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.१७ अंकले घटेको छ ।

यस दिन सबै उप समूह घटेका छन् ।बैंकिङ ०.६८ प्रतिशत, विकास बैंक ०.८३,वित्त ०.५६, होटल्स तथा पर्यटन समूह १.९९, जलविद्युत १.९८, लगानी ०.८८, जीवन बीमा १.०७, उत्पादन र प्रशोधन १.३६, लघुवित्त ०.८७, म्युअुचल फण्ड ०.८१ ,निर्जीवन बीमा ०.७५,अन्य समूह ०.८५ र व्यापार समूह २.३० प्रतिशतले घटेका छन्।

यस दिन बढेका सेयरहरुको  मूल्य वृद्धिदर साढे ५ प्रतिशतभन्दा कम रहेको छ। मूल्य बढेका पहिलो १० स्टकहरुको पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ। सो लघुवित्तको सेयरमूल्य यस दिन ५.३७ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन एनएमबि डिबेञ्चर ८.५० प्रतिशत २०८७/८८ पहिलो स्थानमा रहेको छ। यस डिबेञ्चरको ४८ करोड ४६ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको हो। त्यस्तै ४६ करोड ६५ लाख रुपैयाँभन्दा बढीको १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ किनबेच भएको छ भने एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०९१ को कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ ।

Leave Your Comment

Related News