CLI

२६ लाख थान सवारी लाइसेन्स छापियो, साउनदेखि वितरण गर्ने

काठमाडौं । सरकारले लामो समयदेखि छपाइ हुन बाँकी रहेका करिब २६ लाख सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छापिसकेको जनाएको छ। सुरक्षा मुद्रण केन्द्रले पहिलो चरणमा १२ लाख र दोस्रो चरणमा करिब १४ लाख लाइसेन्स छपाइ सम्पन्न गरेको हो।

केन्द्रका अनुसार दोस्रो चरणमा १७ लाख लाइसेन्स छाप्ने जिम्मेवारी दिइएकामा हालसम्म १३ लाख २८ हजार ८४१ वटा लाइसेन्स छापिसकिएको छ भने ६३ हजार ५७६ वटा छपाइ प्रक्रियामा छन्। अब करिब तीन लाख लाइसेन्स छाप्न बाँकी रहेको जनाइएको छ।

सरकारले छपाइ कार्यलाई अत्यावश्यक, ब्याकलग र दैनिक मागका आधारमा वर्गीकरण गर्दै अघि बढाइरहेको जनाएको छ। पहिलो चरणमा छापिएका १२ लाख लाइसेन्समध्ये अधिकांश वर्षौंदेखि रोकिएका ब्याकलग लाइसेन्स थिए।

सरकारले शासकीय सुधारअन्तर्गत स्मार्ट लाइसेन्स हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्‍याउने योजना पनि अघि बढाएको छ। सोही योजनाअनुसार असार मसान्तसम्म छापिएका लाइसेन्स साउन महिनाको सुरुवातदेखि वितरण गर्ने तयारी गरिएको छ।

विगतमा ट्रायल परीक्षा उत्तीर्ण गरेपछि पनि सेवाग्राहीले चारदेखि पाँच वर्षसम्म स्मार्ट लाइसेन्स नपाउने समस्या रहेको थियो। त्यसका कारण धेरै चालकले अस्थायी रसिद वा कागजी प्रमाणका आधारमा सवारी सञ्चालन गर्नुपर्ने बाध्यता अझै कायम छ।

Leave Your Comment

Related News