CLI

अर्थ समितिमा उठेका विषय जानकारी गराउन बीमा प्राधिकरणलाई निर्देशन

काठमाडौं । अर्थ समितिले आजको बैठकमा उठेका विषयमा १० दिनभित्र जानकारी गराउन बीमा प्राधिकरणलाई निर्देशन दिएको छ।

आज अर्थ समिति र बीमा प्राधिकरणबीच छलफल भएको छ। छलफलमा बीमा प्राधिकरणले चालु आर्थिक वर्षमा भएका प्राधिकरणबाट भएका कामकारबाहीका विषयमा जानकारी गराएको थियो।

छलफलमा अर्थ समितिमा रहेका सांसदहरुले बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक सुशीलदेव सुवेदी विभिन्न विषयमा प्रश्न सोधेका थिए। तिनै प्रश्नको जबाफ १० दिनभित्र अर्थ समितिमा पेस गर्न प्राधिकरणलाई समितिले निर्देशन दिएको हो।

 

Leave Your Comment

Related News