काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह केहीबेर बसेर निस्किएका छन् ।
उनी करिब २० मिनेट बसेर निस्किएका हुन् । बैठकमा केहि पनि नबोलि प्रधानमन्त्री शाह बाहिरिएका हुन् ।
उनीसँगै रास्वपा सभापति रवि लामिछाने पनि सँगै बैठकबाट निस्किएका हुन् ।
मंगलबारको बैठकमा सहभागी हुन प्रधानमन्त्री शाह र सभापति लामिछाने प्रतिनिधिसभा पुगेका थिए ।
उनीहरू बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरेका थिए ।
बैठकमा सहभागी हुन पुग्नुअघि उनले सभामुख डोलप्रसाद अर्यालले करिब ५ मिनेट छलफल गरेका थिए ।


