CLI

मिटर ब्याज पीडितसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक गर्ने गृह मन्त्रीको प्रतिवद्धता

काठमाडौं । मिटर ब्याज पीडितसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक गर्ने गृह मन्त्री सुधन गुरुङले प्रतिवद्धता जनाएका छन् ।उनले मिटर ब्याज पीडितसँग मंगलबार भएको वार्ताको क्रममा  मिटर ब्याज पिडित संग सम्बन्धित आयोग को प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले बताएका हुन् ।

एक घण्टा भित्र मिटर ब्याज पिडित संग सम्बन्धित आयोगको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिन्छु , मन्त्री गुरुङले पीडितसँग भनेका छन् ।

२०७९ चैतमा तत्कालीन सरकारले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । २०७९ चैतमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव सहितको प्रतिवेदन बुझाएको थियो , जुन सार्वजनिक गरिएको छैन ।

विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै तथा प्रधानमन्त्री वालेन्द्र शाहले जनकपुरमा गरेको प्रतिबद्धता स्मरण गराउन मिटरब्याजपीडितहरूले असार २५ गतेदेखि जनकपुरबाट काठमाडौंसम्मको पैदल यात्रा सुरु गरेका थिए। काठमाडौंतर्फ अघि बढिरहेका उनीहरूलाई निजगढमा रोकेर गृहमन्त्री गुरुङले प्रत्यक्ष संवाद गरेका हुन्।

 

Leave Your Comment

Related News