काठमाडौं । मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन, ३८३ वटा कम्पनीको १ करोड ८२ लाख ९२ हजार ४७१ कित्ता सेयर कारोबार हुँदा ८ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ पुगेको छ । जुन सोमबारको तुलनामा ९४ करोड ८७ लाख रुपैयाँले बढीहो । सोमबार कारोबार रकम ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ थियो।
त्यसतै, सेन्सेटिभ इन्डेक्स ०.७९ अंकले बढेर ४५१.३४ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.३२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२६ अंकले बढेको छ ।
यस दिन १२ उप समूह बढेका छन् भने १ उप समुह घटेको छ । बैंकिङ ०.०९ प्रतिशत, विकास बैंक ०.२९,वित्त ०.५१, होटल्स तथा पर्यटन समूह ०.०८, जलविद्युत ०.२७, लगानी ०.५४, जीवन बीमा ०.३७, लघुवित्त ०.०७, म्युअुचल फण्ड ०.६१ ,निर्जीवन बीमा ०.२०,अन्य समूह ०.१५ र व्यापार समूह १.४७ प्रतिशतले बढेका छन्। उत्पादन र प्रशोधन ०.१८ प्रतिशतले घटेका छन् ।
९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ को मूल्य यस दिन सर्वाधिक १०.२२ प्रतिशत बढेको छ। त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को मूल्य ९.८२ प्रतिशत बढेको छ भने एनआईबिएल स्टेबल फण्ड ७.७२ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी कारोबार भएका १० शीर्ष स्टकहरुमा ९ ऋणपत्र रहेका छन्। यस दिन ५२ करोड ७१ लाख रुपैयाँबराबरको १० प्रतिशत केबिएल डिबेञ्चर २०९० कारोबार भएको छ भने ३९ करोडभन्दा बढीको १० प्रतिशत एनआईएमबि डिबेञ्चर २०९० किनबेच भएका छ। त्यस्तै, साढे ३७ करोड रुपैयाँभन्दा बढीको ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर खरिदबिक्री भएको छ भने एभरेष्ट बैंक लिमिटेड डिबेञ्चरको कारोबार रकम ३६ करोड रुपैयाँ नाघेको छ।


