काठमाडौं । ३ इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हरुले शपथ लिएका छन् । नेपाल प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा नव नियुक्त अध्यक्ष हरुले शपथ लिएका हो । अध्यक्ष हरुलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल शपथ खुवाए ।
लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष पुण्य प्रसाद पराजुलीलाई , प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष बेगम के.सी. लाई र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष के.सी. लाई शपथ गराएका छन्।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरू उपस्थित थिए ।


