CLI

तीन दिने औपचारिक भ्रमण पछि नेपाल फर्कए उपराष्ट्रपति रामसहाय यादव

काठमाडौं । उपराष्ट्रपति  रामसहाय प्रसाद यादव कतारको तीन दिने औपचारिक भ्रमण पूरा गरी आज नेपाल फर्कएका छन्।

भ्रमणका क्रममा  उपराष्ट्रपतिले लुसेल सिटीस्थित लुसेल प्यालेसमा कतार राज्यका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानीसँग भेटघाट गरे। सो अवसरमा उनले गत १२ जुलाई २०२६ मा देहावसान भएका कतार राज्यका पूर्व अमिर (फादर अमिर) महामहिम शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति नेपालका सम्माननीय राष्ट्रपति  रामचन्द्र पौडेलले पठाएको ‘शोक सन्देश’ हस्तान्तरण गरेका छन्।

शोक सन्देश हस्तान्तरणपछि सम्माननीय उपराष्ट्रपतिले महामहिम अमिरसँग संक्षिप्त कुराकानी गरे। भेटका क्रममा सम्माननीय उपराष्ट्रपतिले कतार राज्यको आधुनिकीकरण र विकासका साथै नेपाल र कतार राज्यबीचको लामो समयदेखिको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन स्वर्गीय पूर्व अमिरले पुर्‍याएको दूरदर्शी नेतृत्व र अमूल्य योगदानको उच्च प्रशंसा गरे। उनले नेपाल सरकार र नेपाली जनताका तर्फबाट महामहिम अमिर, शाही परिवार, सरकार र कतारका जनताप्रति यस अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा सम्माननीय उपराष्ट्रपतिलाई माननीय परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए।

उपराष्ट्रपतिको भ्रमण टोलीमा उपराष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूका साथै दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत एवं अन्य अधिकारीहरूको सहभागिता रहेको थियो।

Leave Your Comment

Related News