काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको स्थगित साधारणसभा पुनः आह्वान गरिएको छ । असार ३२ गतेका लागि आह्वान गरिएको सधारणसभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो ।
उक्त सभा अब साउन १० गते गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । संस्थाको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले साउन १० गते स्थगित १९ औं वार्षिक साधारण सभा ह्वाइट प्यालेस ब्याङ्क्वेट, मध्यपुर थिमी–३ आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा बिहान ११ बजेदेखि सुरु हुने छ ।


