काठमाडौं । चालु आवको पहिलो दिन नेप्से परिसूचक ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन, ३३५ वटा कम्पनीको १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ पुगेको छ । विहिबारको तुलनामा कारोबार रकम बढेको छ । विहिबार कारोबार रकम ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँ थियो।
त्यसतै, सेन्सेटिभ इन्डेक्स २.५१ अंकले बढेर ४६८.३८ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ३.०५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने २.६७ अंकले बढेको छ ।
यस दिन १२ उप समूह बढेका छन् भने १ उप समुह घटेको छ । बैंकिङ २.४१ प्रतिशत, विकास बैंक २.१८,वित्त ३.३९, होटल्स तथा पर्यटन समूह ३.६६, जलविद्युत ४.५८, लगानी २.७४, जीवन बीमा २.७४, उत्पादन र प्रशोधन ४.६०, लघुवित्त १.८०, निर्जीवन बीमा २.११,अन्य समूह २.७७ र व्यापार समूह ०.८३ प्रतिशतले बढेका छन्। म्युअुचल फण्ड ०.२९ प्रतिशतले घटेका छन् ।


