RE
Global College

भन्सार कार्यालय नजिकबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

काठमाडौं । रौतहट जिल्लाको गौर नगरपालिका–१, गौर भन्सार कार्यालय नजिकबाट स्रोत नखुलेको रकम सहित एकजना व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले नगद ५ लाख ५० हजार नेपाली रूपैयाँ र ४ हजार २ सय ८० भारतीय रूपैयाँ सहित भारत सितामढी बैरगनिया बस्ने ६२ वर्षीय राजेन्द्र प्रसाद जयसवाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

भन्सार सुरक्षा गार्ड समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अटो रिक्सामा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

NECO

Leave Your Comment

Related News