काठमाडौं । स्पेनका कप्तान रोड्रिगो हर्नान्डेज कासान्ते (रोड्रि)ले फिफा विश्वकप २०२६ को गोल्डेन बल अवार्ड जितेका छन् । स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भुमिका खेलेका रोड्रीले प्लेअर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जिते । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी, फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई पछि पारे ।
रोड्रीले स्पेनको कप्तानी देखि मैदानमा मिडफिल्डको नेतृत्व गर्दै बल कन्ट्रोल गर्ने र अट्याकिङमा समेत योगदान दिने काम गरेका थिए । रोड्रीको कप्तानीमा रहेको स्पेनले सोमबार विहान भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै दोस्रो पटक फिफा विश्वकप उपाधि जितेको हो ।
सन् २०१८ मा स्पेनको लागि डेब्यु गरेका रोड्री स्पेनलाई विश्वकप जिताउने दोस्रो कप्तान बने । यसअघि सन् २०१० मा गोलकिपर इकर क्यासियासको कप्तानीमा स्पेनले पहिलो पटक उपाधि जितेको थियो । उनले सन् २०२४ मा उत्कृष्ट खेलाडीलाई दिइने बालोन डे’ओर अवार्ड समेत जितेका थिए । म्यानचेष्टर सिटीबाट क्लब फुटबल खेल्ने रोड्री फिफा विश्वकप, युइएफए च्याम्पियन्स लिग र बालोन डे,ओर जित्ने ११ खेलाडीको सूचीमा समावेश भएका छन् ।
सन् २०२४ को युरो कप स्पेनले जित्दा रोड्रीले ने उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड जितेका थिए । अर्जेन्टिनाका कप्तान मेसीले शिल्भर बल जिते भने फ्रान्सका कप्तान एमबाप्पेले ब्रोन्ज बल जिते ।


