काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो ।
आज चाँदी पनि ८० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँ थियो ।


