काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका १७ वटा फाइनान्सहरुको कुल नाफा १६ करोड बढीले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा फाइनान्स कम्पनीहरुले ९६ करोड ८० लाख कुल नाफा कमाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड २० लाखले बढी हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा फाइनान्स कम्पनीहरुको कुल नाफा ८० करोड ६० लाख रहेको थियो ।
यसरी फाइनान्सहरुको नाफा बढ्नुमा ब्याज खर्च, कार्यालय सञ्चालन खर्चमा आएको सुधार तथा कर्जा असुली रकम बढ्नु रहेको छ ।
आव २०८२/८३ मा फाइनान्स कम्पनीहरुको ब्याज खर्च ६ अर्ब ५० करोड २० लाख रहेको छ । आव २०८१/८२ मा फाइनान्स कम्पनीहरुको ब्याज खर्च ८ अर्ब २३ करोड ८० लाख रहेको थियो । समिक्षा अवधिमा फाइनान्स कम्पनीहरुको ब्याज खर्चमा १ अर्ब ७१ करोड ८० लाखले बचत भएको छ ।
आव २०८२/८३ मा फाइनान्स कम्पनीहरुको कार्यालय सञ्चालन खर्च १ अर्ब ७ करोड रहेको छ । आव २०८१/८२ मा फाइनान्स कम्पनीहरुको कार्यालय सञ्चालन खर्च १ अर्ब ९ करोड ५० लाख रहेको छ । समिक्षा अवधिमा फाइनान्स कम्पनीहरुको कार्यालय सञ्चालन खर्च २ करोड ५० लाखले कमी आएको छ ।
आव २०८२/८३ मा फाइनान्स कम्पनीहरुको कर्जा असुली रकम १ करोड ५० लाख रहेको छ । आव २०८१/८२ मा फाइनान्स कम्पनीहरुको कर्जा असुली रकम १ करोड ४० लाख रहेको थियो । समिक्षा अवधिमा कर्जा असुली रकम १० लाख रहेको छ ।
फाइनान्स कम्पनीहरुको कर्मचारी खर्च र ब्याज आम्दानी लगायतका क्षेत्रमा भने सुधार हुन सकेको छैन । आव २०८२/८३ मा फाइनान्स कम्पनीहरुको कर्मचारी खर्च १ अर्ब ६१ करोड ३० लाख रहेको छ । आव २०८१/८२ मा फाइनान्स कम्पनीहरुको कर्मचारी खर्च १ अर्ब ४८ करोड रहेको थियो । समिक्षा अवधिमा फाइनान्स कम्पनीहरुको कर्मचारी खर्च १३ करोड ३० लाखले बढेको छ ।
आव २०८२/८३ मा फाइनान्स कम्पनीहरुको ब्याज आम्दानी १० अर्ब ९ करोड २० लाख रहेको छ । आव २०८१/८२ मा फाइनान्स कम्पनीहरुको ब्याज आम्दानी ११ अर्ब ६७ करोड ५० लाख रहेको थियो । समिक्षा अवधिमा फाइनान्स कम्पनीको ब्याज आम्दानी १ अर्ब ५८ करोड ३० लाख रहेको छ ।


