CLI

कञ्चनपुरमा सम्पर्कविहीन १४ महिलाको खोजीका लागि प्रहरी र सेना परिचालन

काठमाडौं । कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाहरू सम्पर्कविहीन भएका छन् । आइतबार बिहान ११ बजेबाट उनीहरू सम्पर्क विहीन भएका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार महिलाहरूको खोजीमा प्रहरी र सैनिक टोली खटिएका छन् । भीमदत्त नगरपालिका–१९ को बागफाँटा घर भएका महिलाहरूको खोजी भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

सम्पर्कविहीन भएका महिलाहरू निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्जमा छिरेको थाहा भएको छ । सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार छन् ।

उनीहरूसँगै गएका ३ जनाले परिवारलाई फोन गरेपछि प्रहरीले उनीहरूको उद्धार गरेको छ ।

 

Leave Your Comment

Related News