RE
Global College

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दिन आग्रह

काठमाडौं । भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले निवेदन आह्वान गरेको छ।

समितिले जारी गरेको सार्वजनिक सूचनाअनुसार सम्बन्धित स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले समितिले तोकेको ढाँचाअनुसारको निवेदन फाराम भरी २०८३ साउन ४ गतेदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहका वडामा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्नुपर्नेछ।

समितिले तोकेका स्थानीय तहका योग्य लाभग्राहीले निर्धारित समयभित्र आवश्यक विवरणसहित आवेदन दिन आग्रह गरिएको छ।

समितिले थप स्पष्ट पारेको छ कि यसअघि लगत संकलनको दोस्रो चरणको सूचना प्रकाशित भइसकेका स्थानीय तहका हकमा भने यो अन्तिम सूचना हुनेछ। त्यसैले ती स्थानीय तहका इच्छुक व्यक्तिहरूले तोकिएको अवधिभित्र अनिवार्य रूपमा आवेदन पेस गर्नुपर्ने समितिले जनाएको छ।

NECO

Leave Your Comment

Related News